समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा निकै अगाडि विवेकशील !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
५० पटक हेरिएको
Shares
समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा निकै अगाडि विवेकशील !

सारांश

  • काठमाडौं, मंसिर २५ –प्रत्यक्षतर्फ पहिलो भए पनि समानुपातितर्फ भने काठमाडौंमा एमाले दोस्रो स्थानमा देखिएको छ ।
  • समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा नेपाली कांग्रेसले ११२२३ मत प्राप्त गरेको छ ।
  • त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८५०९ मत प्राप्त गरेको छ ।

काठमाडौं, मंसिर २५ –प्रत्यक्षतर्फ पहिलो भए पनि समानुपातितर्फ भने काठमाडौंमा एमाले दोस्रो स्थानमा देखिएको छ ।

समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा नेपाली कांग्रेसले ११२२३ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८५०९ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ पनि तेस्रो स्थानमा रहेको विवेकशील साझा तेस्रो स्थानमै रहेको छ । विवेकशीलले ७७५७ मत प्राप्त गरेको छ ।

काठमाडौंमा माओवादी केन्द्र विवेकशील साझाभन्दा निकै पछि रहेको छ । उसले अहिलेसम्म २२२४ मत प्राप्त गरेको छ । त्यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले १०७७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?