समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामका बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् ।
  • प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामका बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताए । प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमशः कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले आर्थिक बर्ष २०७३/०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् । चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निदेर्शक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम, उपलब्धीहरु, सरकारी वित्त व्यवस्था, उपहसंहार समेटिएको छ ।

सो आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका विधेयकहरु, २१ नियमावली, नौ विषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्विकृत भएको बताए । कार्यविधि अनुसार संघीय शासन प्रणाली अनुरुप कानुनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
असार २ गते मंगलबारको राशिफल यस्तो छ
असार २ गते मंगलबारको राशिफल यस्तो छ
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
प्रधानमन्त्री ओलीसँग कतिखेर भेट्ने ? (हेर्नुस् समय तालिका)
प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण
प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री  यादव
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव