सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सारांश
- बीरगंज साउन,३१।
- आफुहरुबीचको सम्बन्ध लुकाउन र सम्पती हात पार्न बालकको हत्या आरोपमा पक्राउ परेका ससुरा–बुहारी जेल चलान भएका छन्।
- पर्साको बहुरदरमाई नगरपालिका का ताराचन्द्र साह र उनकी बुहारी रितादेवी शाह लाई पर्सा अदालतले जेल चलान गरेको हो।
बीरगंज साउन,३१। आफुहरुबीचको सम्बन्ध लुकाउन र सम्पती हात पार्न बालकको हत्या आरोपमा पक्राउ परेका ससुरा–बुहारी जेल चलान भएका छन्। पर्साको बहुरदरमाई नगरपालिका का ताराचन्द्र साह र उनकी बुहारी रितादेवी शाह लाई पर्सा अदालतले जेल चलान गरेको हो।
प्रहरीका अनुसार दुईबीचको अनैतिक सम्बन्ध बालक साहले देखेका थिए।उनीहरुले बाँसबारीमा सम्बन्ध राखेका थिए त्यहाँ पुगेका बालकले उनीहरु लाई देखेपछि ३१ गते ६ वर्षिय बालक आयोग साहको हत्या गरेका अनुसन्धानमा खुलेको छ।
पक्राउ परेकी रितादेवी मृतक बालकको ठुलीआमा हुन्।असार ३१ गते बालकको घर बाट ३ सय मिटरको दुरीमा रहेको पोखरीमा शव भेटिएको थियो। प्रहरीका अनुसार उनीहरुले बाँसबारीमा बालक आयोग साहको हत्या गरेका थिए। त्यहाँ पुगेका बालकले उनीहरुलाई देखेपछि घाँटी निमोठेर उनीहरुले नै बच्चाको हत्या गरेको पुष्टि भएको पर्साका एसपी रेवती ढकालले बताए।
प्रतिक्रिया