बोर्डिङ पढाइदिन्छु भन्दै १९ जनाबाट लाखौं उठाएर भागेपछि

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
बोर्डिङ पढाइदिन्छु भन्दै १९ जनाबाट लाखौं उठाएर भागेपछि

सारांश

  • काठमाडौं ।
  • एक व्यक्तिले बोर्डिङ पढाइदिन्छु भन्दै डेढ लाख उठाएर भागेपछि बालबालिका अलपत्र परेका छन् ।
  • कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एकरडेढ लाखको दरले रकम उठाई बालबालिकालाई अलपत्र पारी भागेका थिए ।

काठमाडौं । एक व्यक्तिले बोर्डिङ पढाइदिन्छु भन्दै डेढ लाख उठाएर भागेपछि बालबालिका अलपत्र परेका छन् । कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एकरडेढ लाखको दरले रकम उठाई बालबालिकालाई अलपत्र पारी भागेका थिए ।

बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारमा अलपत्र पारिएका १९ जना बालबालिकालाई सोमबार दिउँसो प्रहरीले उद्धार गरेको हो ।

बालबालिकालाई पढाउन भन्दै घर भाडामा लिई अलपत्र छोडेको खबर आएपछि प्रहरी पुगेको थियो । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले १५ बालक र ४ बालिका समेत गरी १९ जनालाई उद्धार गरेको बताएको छ ।

उद्धार गरिएका बालबालिकाहरुमध्ये ९ जना हिमाली नविन समाज महाराजगंज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको उक्त वृत्तले जनाएको छ । बालबालिकाबाट पैसा असुल्ने जयबहादुर फरार रहेकाले प्रहरीले खोजी गर्दै थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?