पेन गन सहित १ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १, २०७६
|
|
३८ पटक हेरिएको
Shares
पेन गन सहित १ जना पक्राउ

सारांश

  • काठमाडौं १,साउन।
  • जिल्ला प्रहरी कार्यालय कास्कीले पेन गन लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु सहित १ जनालाई पक्राउ गरेको  छ ।
  •  पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन ।

काठमाडौं १,साउन। जिल्ला प्रहरी कार्यालय कास्कीले पेन गन लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु सहित १ जनालाई पक्राउ गरेको  छ ।

 पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन ।
यही असार २९ गते पक्राउ परेका उनलाई थप अनुसन्धान पश्चात कास्की प्रहरीले श्रावण १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका उनका साथबाट लागुऔषध सहित पेन गन र उक्त गनमा लाग्ने सात थान गोली सहित प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताएका छन् । पक्राउ परेका उनिमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?