धर्म प्रचार गर्ने एनजिओ आइएनजिओलाई अब यस्तो गरिने…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
धर्म प्रचार गर्ने एनजिओ आइएनजिओलाई अब यस्तो गरिने…

सारांश

  • काठमाडौँ, २५ जेठ – धर्म प्रचार गर्ने एनजिओ आइएनजिओको अनुगमन र नियमन गरी अब कडाइ गरिने भएको छ ।
  • गृहमन्त्री र महिला मन्त्रीबीच भेट गरी भ्रष्टाचार र राजनीतिक गतिविधिमा संलग्न हुने तथा धर्म प्रचार गर्नेजस्ता काममा देखिएका एनजिओ र आइएनजिओलाई कडाइ गर्ने निर्णय भएको हो ।
  • गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा दुवै मन्त्रालयका पदधिकारीबीच गृहमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमन गर्ने निर्णय भएको छ ।

काठमाडौँ, २५ जेठ – धर्म प्रचार गर्ने एनजिओ आइएनजिओको अनुगमन र नियमन गरी अब कडाइ गरिने भएको छ । गृहमन्त्री र महिला मन्त्रीबीच भेट गरी भ्रष्टाचार र राजनीतिक गतिविधिमा संलग्न हुने तथा धर्म प्रचार गर्नेजस्ता काममा देखिएका एनजिओ र आइएनजिओलाई कडाइ गर्ने निर्णय भएको हो ।

गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा दुवै मन्त्रालयका पदधिकारीबीच गृहमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमन गर्ने निर्णय भएको छ ।

नेपालमा अहिले ४७ हजार एनजिओ र २ सय भन्दा बढी आइएनजिओ दर्तामा छन् । तीमध्ये धेरै एनजिओहरुले वर्षौँदेखि नवीकरण समेत गरेका छैनन् । यस्तै भ्रष्टाचार र राजनीतिक गतिविधिमा संलग्न हुने तथा धर्म प्रचार गर्नेजस्ता काममा देखिएका एनजिओ र आइएनजिओको समेत दर्ता नवीकरण नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

एनजिओ आइएनजिओ अनुगमनमा कमजोरी देखिएकाले जिल्ला प्रशासन कार्यालयले पनि नियमन गरी रिपोर्ट पठाउने निर्णय बैठकले गरेको हो । बैठकले एनजिओ र आइएनजिओका पदाधिकारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको जनाएको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नवीकरण नभएका एनजिओ र आइएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वतः खारेज गर्नेसमेत बैठकको निर्णय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स
तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स
बुद्धभूमी नगरपालिकामा सहकारी संस्था दर्ता कार्य प्रारम्भ
बुद्धभूमी नगरपालिकामा सहकारी संस्था दर्ता कार्य प्रारम्भ
‘जनता सँग प्रहरी’ कार्यक्रम उदयपुर मा सुरु !
‘जनता सँग प्रहरी’ कार्यक्रम उदयपुर मा सुरु !
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान  !
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान !
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)
मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड