सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
३० पटक हेरिएको
Shares
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

सारांश

  • लन्डन।
  • बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन्।
  • बेलायती अखबार डेली मिरर विरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन्।

लन्डन। बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन्। बेलायती अखबार डेली मिरर विरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन्।

डेली मिररका पत्रकारहरु माथि फोन ह्याकिङलगायतका गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्दा अदालतमा चलिरहेको छ। एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारहरु माथि आरोप छ।

राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् र आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन्।

डेली मिरर, सन्डे मिरर र सन्डे अपीलले फोन ह्याकिङ र धोखाधडी सञ्चालन गरेको एमजीएन माथि आरोप छ। एमजीएन सन २०१० देखि २०१९ सम्म निजी गुप्तचरहरूबाट निजी जीवनको बारेमा जानकारी संकलन गर्ने कार्य गर्दथ्यो। एमजीएनले यो बिबादका बारेमा भनेको छ कि अदालतमा मुद्दा ल्याउन ढिला भयो।

अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन्। राजकुमारका वकिलले पत्रकारहरुलाई भने कि सुनुवाई सुरु हुने अघि ह्यारीलाई दिवंगत आमा राजकुमारी डायनाको आवाज सुनाइएको थियो।

ह्यारी भन्छन्- १४० वा रिर्पोटहरु जो प्रकाशित भएका थिए, त्यो फोन ह्याकिङ वा अन्य गैरकानूनी कार्यहरूको परिणामवाट छापिन पुगेका थिए। उनका वकिलहरूले भनेकी जसका कारण लामो समयदेखि प्रेमिका चेल्सी डेभीसँगको राजकुमार ह्यारीको सम्बन्ध तोडिन पुग्यो।

ह्यारीले बेलायती अखबारहरू विरुद्ध उच्च अदालतमा चारवटा मुद्दा दायर गरेका छन्, ती मध्ये यो केस पनि एक हो। उनले मर्डोकको एनजीएनमा पनि मुद्दा हाल्दैछन्। उनले एनजीएनको सन ट्याब्लोइडलाई पनि फोन ह्याकिङ र अन्य गैरकानूनी कार्यको आरोप लगाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?