सरकारकाे कामकारबाहीमा प्रचण्डकाे असन्तुष्टि
सारांश
- काठमाडौं, २० असार ।
- सत्तारुढ दल नेकपाको पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको छ ।
- बुधबबार विहान बसेको बैठकमा सरकारको कामकारबाही सन्तोषजनक नभएको अध्यक्ष प्रचण्डले गुनासो पोखेका थिए ।
काठमाडौं, २० असार । सत्तारुढ दल नेकपाको पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको छ ।
बुधबबार विहान बसेको बैठकमा सरकारको कामकारबाही सन्तोषजनक नभएको अध्यक्ष प्रचण्डले गुनासो पोखेका थिए ।
यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले जनतामा निराशा छाउन सुरु गरेकोले सरकारले सर्भिस डेलिभरीतिर अब विशेष ध्यान पुर्याउनुपर्ने सुझाव दिए ।
नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको काभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल समेत भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया