वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
३५ पटक हेरिएको
Shares
वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न

सारांश

  • पर्वत ।
  • यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ ।
  • जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो ।

पर्वत । यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो । जलजला र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ ।

वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गर्न ती दुई निकायले रु एक÷एक करोड बिनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले रु एक करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । विभिन्न ठाउँमा चार सय सात मिटर सडक ढलान र नाली निर्माण भएको इञ्जिनियर सुनल बानियाँले बताए । मेसिनरी र ग्यावियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा एक महिनाअघिनै निर्माण व्यवसायीले काम सकेका छन् ।

पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघिनै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले जानकारी दिए । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघिनै सकिएको छ ।

तीन किलोमिटर दूरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुङ्गाका भगवान जिसीले बताए । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।

मल्लाजको भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रम मार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न रु ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको छ ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको उपाध्यक्ष आचार्यले बताए ।

यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम गरिरहेको छ । यो सडकलाई पनि पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने योजना छ । केही दिनयता भने सडक निर्माणको काम सुस्ताएको मल्लाजका बासिन्दाले बताएका छन् ।

उक्त सडक खण्डको आइतबार जलजलापालिकाका उपाध्यक्ष आचार्यको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी, इञ्जिनियर सुनिल बानियाँलगायतको टोलीले अनुगमन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
विश्व एड्स दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
विश्व एड्स दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा
एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा
अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !
अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
दश लाख मुसलमान बन्द रहेको चीनको त्यो जेल
दश लाख मुसलमान बन्द रहेको चीनको त्यो जेल
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय