अमेरिकी भिसा आवेदकका लागि अब यस्तो नियम

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
अमेरिकी भिसा आवेदकका लागि अब यस्तो नियम

सारांश

  • बीबीसी ।
  • अमेरिकाका लागि भिसा अर्थात् प्रवेशाज्ञा पाउन आवेदन दिने लगभग सबैले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने भएको छ।
  • अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।

बीबीसी । अमेरिकाका लागि भिसा अर्थात् प्रवेशाज्ञा पाउन आवेदन दिने लगभग सबैले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।

गत वर्ष त्यस्तो प्रस्ताव गरिएका बेला अधिकारीहरूले त्यसबाट बर्से्नि एक करोड ४७ लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरेका थिए। निश्चित कूटनीतिज्ञ र अधिकारीहरूले भने यो कडा नियमबाट उन्मुक्ति पाउनेछन्। यद्यपि अमेरिकामा काम गर्न वा अध्ययन गर्न जानेहरूले चाहिँ ती विवरणहरू बुझाउनुपर्ने हुन्छ।

‘अमेरिकामा वैध भ्रमणका लागि सघाइरहँदा हामीले अमेरिकी नागरिकको रक्षाका निम्ति हाम्रा जाँच गर्ने प्रक्रियालाई सुदृढ बनाउने संयन्त्र पत्ता लगाउने दिशामा हामी निरन्तर काम गरिरहेका छौँ,’ विदेश मन्त्रालयले भनेको छ। यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो।

तर अब आवेदकहरूले एउटा सूचीमा समेटिएका सामाजिक सञ्जालमा रहेका खाताका नामहरू दिनुपर्ने हुन्छ। साथै सूचीमा नसमेटिएका अरू ठाउँमा रहेका खाताबारे पनि स्वेच्छिक रूपमा जानकारी गराउनुपर्ने हुन्छ। द हिलसँग कुरा गर्दै एक अधिकारीले बताएअनुसार सामाजिक सञ्जालको प्रयोगबारे गलत जानकारी दिनेहरूले आप्रवासनसम्बन्धी गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ।

ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो। नागरिक अधिकारसम्बन्धी द अमेरिकन सिभिल लिबर्टिज युनियनले सामाजिक सञ्जालसम्बन्धी यस्ता पर्यवेक्षण प्रभावकारी वा निष्पक्ष भएको कुनै प्रमाण नदेखिएको जनाएको छ। त्यस्तो नीतिले अन्लाइनमा मानिसहरूलाई आत्मानुशासित गराउने सो समूहको भनाइ छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको एउटा प्रमुख मुद्दामा डोनल्ड ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने बताएका थिए। पदमा आउनुअघि र पद सम्हालेपछि उनले आप्रवासीहरूमाथि कठोर जाँच गरिनुपर्ने बताएका थिए। शुक्रवार ट्रम्पले अमेरिकाको दक्षिणी सीमानाकामा अवैध आप्रवासनमाथि मेक्सिकोले नियन्त्रण नगरेसम्म उसमाथि क्रमिक रूपमा कर बढाउने जाने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसी  लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे
सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे
हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला
हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव
संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव
आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै
आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु
रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु

तपाईंले छुटाउनुभयो कि?