ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनलाई ठूला दलहरूको सिण्डिकेटविरुद्ध प्रयोग गर्नुपर्ने बताएका छन् ।
  • पार्टीको नवलपरासी जिल्ला समितिद्धारा सोमबार परासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दलको हातबाट राजनीति बाहिर नगएसम्म देशले निकास नपाउने पनि दावी गरे ।
  • अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चिएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने जिकिर गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनलाई ठूला दलहरूको सिण्डिकेटविरुद्ध प्रयोग गर्नुपर्ने बताएका छन् । पार्टीको नवलपरासी जिल्ला समितिद्धारा सोमबार परासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दलको हातबाट राजनीति बाहिर नगएसम्म देशले निकास नपाउने पनि दावी गरे ।

अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चिएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने जिकिर गरे ।

एक छाक बन्दोबस्त गरेको भरमा र केही दिनको आवश्यकता पूरा गरेको भरमा मत दिने सोचलाई परिवर्तन गर्नुपर्नेमा लिङ्देनले जोड दिए । तीन दललाई भोट दिनु भनेको साढेको टाङमुनि बसेर दुध थाप्नुजस्तै भएको उनको तर्क छ ।

आमसभामा पार्टीका उपाध्यक्ष धु्रव बहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयलगायतका नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?