सरकार आफै रेल किनेर चलाउने तयारी : मन्त्री महासेठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सरकार आफै रेल किनेर चलाउने तयारी : मन्त्री महासेठ

सारांश

  • काठमाडौं ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै रेल किनेर चलाउने तयारी गरेको बताएका छन् ।
  • मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न दाबी हुने दाबी गरे ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै रेल किनेर चलाउने तयारी गरेको बताएका छन् ।

मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न दाबी हुने दाबी गरे । नेकपाको कार्यक्रममा धनुषा पुगेका महासेठले रेल किन्ने दाबी गरेका हुन् । रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारतले रेलका लागि मूल्य पठाइसकेको दाबी गरे ।

जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे ।

मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विशुद्ध धार्मिक भ्रमणमात्र हुने बताए । आगामी महीनाभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–विजलपुरा हुँदै बर्दिवाससम्म रेल चल्ने बताए ।

चार वर्षमा दुई हजार ८०० किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र एक हजार २०० किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?