विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे

सारांश

  • प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ ।
  • आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताउनुभयो ।
  • त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा त्यसको रेकर्ड प्रदेश सरकारले राख्ने उहाँको भनाइ छ ।

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ ।आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताउनुभयो ।

त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा त्यसको रेकर्ड प्रदेश सरकारले राख्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य सर्वध्वज साँवाले विद्यार्थीलाई आफूहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न काम गरिरहेको बताउनुभयो । सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले क्याम्पसको साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन
स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन
डिल्लीबजार कारागारमा पुर्व भिआईपीहरू: यसरी दिन कटाउदैछन !
डिल्लीबजार कारागारमा पुर्व भिआईपीहरू: यसरी दिन कटाउदैछन !
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
सहकारीले खसीबोका बिक्री गर्दै
सहकारीले खसीबोका बिक्री गर्दै
महाकविलाई पागल ठानेर साहुनीले मेवाको मूल्य भनिनन्
महाकविलाई पागल ठानेर साहुनीले मेवाको मूल्य भनिनन्
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
बस दुर्घटना अपडेट स् १९ को मृत्यु, १८ घाइते
बस दुर्घटना अपडेट स् १९ को मृत्यु, १८ घाइते