गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
३० पटक हेरिएको
Shares
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतको फैसलापछि सांसद देखि मन्त्री पद गुमाएका रवि लामिछानेले नेपाली नागिरकता पुनस् प्राप्ती गरेपछि गृह मन्त्री बन्नका लागि लागि परेका छन् ।
  • गृह मन्त्रालयको जिम्मेवारी पुनः प्रदान गर्न भन्दै हिजो बिहान बालुवाटार पुगेर रवि लामिछानेले आग्रह गरेका थिए ।

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि सांसद देखि मन्त्री पद गुमाएका रवि लामिछानेले नेपाली नागिरकता पुनस् प्राप्ती गरेपछि गृह मन्त्री बन्नका लागि लागि परेका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी पुनः प्रदान गर्न भन्दै हिजो बिहान बालुवाटार पुगेर रवि लामिछानेले आग्रह गरेका थिए ।

आज बिहान पनि सोही आग्रह गर्न बालुवाटार पुगेका छन् । स्रोतका अनुसार लामिछानेले बिहान ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको बताइएको छ ।

हिजो प्रधानमन्त्रीले उनीविरुद्ध सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको जिम्मेवारीबारे कुनै निर्णय नगर्ने बताएपछि लामिछाने दौडिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । त्यसछि अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनले बालुवाटार पुगेर रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने धारणा राखेको माओवादी स्रोतले बताएको छ ।

अहिले फेरी रविले गरेको पासपोर्ट दुरुपयोगसम्बन्धी थप उजुरी पर्न थालेको छ । प्रक्रिया पूरा गरेर नागरिकता लिँदैमा गृह प्रशासनको जिम्मेवारी रवि वा रविको निर्देशनमा रास्वपालाई दिने पक्षमा प्रधानमन्त्री सकारात्मक नभएपछि उनी आज बिहान पुनः प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।

हिजोको भेटमा लामिछानेले अदालतका न्यायाधीश,प्रहरी र परराष्ट्र मन्त्रालयलाई मिलाउने भन्दै ढुक्क हुन वचन नै दिएका थिए । तर, प्रधानमन्त्रीले महान्यायाधिवक्ताको हवाला दिँदै पासपोर्ट दुरुपयोगको विषय निक्र्यौल नभएसम्म उनलाई जिम्मेवारी दिन नसकिने जवाफ दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री शर्मा
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री शर्मा
पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )
पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
एउटै केन्द्रबाट तीन नेताको  मतदान
एउटै केन्द्रबाट तीन नेताको मतदान
Milind Soman and Ankita Konwar tie the knot again in Spain, see pics
Milind Soman and Ankita Konwar tie the knot again in Spain, see pics
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस

तपाईंले छुटाउनुभयो कि?