छोरीको हत्यापछि आत्महत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
छोरीको हत्यापछि आत्महत्या

सारांश

  • कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् ।
  • नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
  • सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बेहोस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बेहोस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । गएको जेठ महीनामा कलेलकी श्रीमती सरिताले आफ्नै पसलमा आत्महत्या गरेकी थिइन् । श्रीमतीको आत्महत्याको घटनालाई लिएर माइती पक्षले दिएको आत्महत्या दुरुत्साहनको मुद्दापछि

पक्राउ परी पूर्पक्षका लागि कारागार चलान गरिएका कलेललाई जिल्ला अदालतले साउन २२ गते निर्दोष रहेको फैसला सुनाएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच कैलालीको भजनी नगरपालिका—७ भुरुवा गाउँका ५३ वर्षीय डल्लु डगौरा नजिकैको मोहना नदीमा आज डुबेर बेपत्ता हुनुभएको छ । भैँसी चराउन गएका बेला यो घटना भएको र उहाँको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर
नेपालले पायाे एकदिवसीय मान्यता,क्रिकेटमा एेतिहासिक सफलता !
उत्तर कोरियाली लगानी नेपालमा पुरै बन्द
उत्तर कोरियाली लगानी नेपालमा पुरै बन्द
प्रहरी चौकीनजिकै प्रहरीको हत्या
प्रहरी चौकीनजिकै प्रहरीको हत्या
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन
वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन

तपाईंले छुटाउनुभयो कि?