सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..

सारांश

  • मतपत्रको सम्बन्धमा सर्वोच्चको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धन एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न नहुने भन्दै खबरदारी गरेका छन् ।
  • आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनै पनि किसिमको काम÷कुरा नगर्न खबरदारी गरेका छन् ।

मतपत्रको सम्बन्धमा सर्वोच्चको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धन एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न नहुने भन्दै खबरदारी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनै पनि किसिमको काम÷कुरा नगर्न खबरदारी गरेका छन् ।

चुनावमा संशय भएर सरकार छाडेनौं : दाहाल
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अदालतबाट निर्वाचनप्रति संशय देखिएका कारण आफ्नो दलले सरकार नछाडेको दाबी गरे । ‘सरकार छाड्ने भन्ने पत्रमा म हस्ताक्षर गर्न खोज्दै थिएँ । निर्वाचन आयोगबाट खबर आयो अदालतबाट निर्वाचनप्रति संशय हुँदै छ भन्ने । त्यही भएर हामीले सरकार नछाडेको हो’, दाहालले भने ।

बिनाविभागीय पछि माओवादी केन्द्रका मन्त्रीहरूलाई एउटै कोठामा बस्न अप्ठ्यारो होला नि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले भने, ‘देशलाई अप्ठ्यारो नहोस् भनेर हाम्रा मन्त्री एकै कोठामा बस्न गाह्रो छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?