मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
५४ पटक हेरिएको
Shares
मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन

सारांश

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन ।
  • विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पु¥याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
  • बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन ।विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पु¥याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिनुभयो ।बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ ।

दाङ र विरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा ल्याउन लागिएको छ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरीद समिति गठन भई खसी, बोका तथा च्याङ्ग्रा खरिद हुने गर्दछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौँ आइसकेको तथा अन्य आउने क्रममा छ । आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीले जन्माएको बच्चाको रगत बुवासँग नमिलेपछि…
आफ्नै श्रीमतीले जन्माएको बच्चाको रगत बुवासँग नमिलेपछि…
मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना
मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना
Sonam, Kareena, Karisma and Rhea enjoys lunch date in London!
Sonam, Kareena, Karisma and Rhea enjoys lunch date in London!
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने
वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने
खोटाङमा माओवादीका पासाङ भारी मतले विजयी
खोटाङमा माओवादीका पासाङ भारी मतले विजयी
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
मेस्सीको बार्सिलोना उपाधि नजिक
मेस्सीको बार्सिलोना उपाधि नजिक
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)