कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०८०
|
|
५२ पटक हेरिएको
Shares
कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।
  • सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगरप्रमुख बालेन्द्र शाहले बताए ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।

सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगरप्रमुख बालेन्द्र शाहले बताए ।

उनका अनुसार एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनको समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा उक्त सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको हो ।

घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै प्रमुख शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

निर्वाचनको बेला भएको घोषणाअनुसारनै शारीरिक तन्दुरुस्ती, सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कको निर्माणको काम उल्लेख्यरूपमा भएको पनि उनले बताए । त्यस्तै एक वर्षकै अवधिमा २५ वटा नयाँ पार्क निर्माण भएको बताइएको छ ।

सहरको सुरक्षा र पैदलयात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ । त्यस्तै ४२ किलोमिटर सडक कालोपत्र, सात किलोमिटर नयाँ ढल निर्माण, एक हजार पाँच सय मिटर फुटपाथ निर्माण भएको पनि प्रमुख शाहले जानकारी गराए ।

सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत पैदलयात्रीको सहजताका लागि सडक किनारामा राखिने फुटपाथ पसल हटाएर यात्रुलाई आवागमन गर्न सहज र सरल बनाइएको छ । जसका कारण बानेश्वर, बसपार्कलगायतका स्थानमा आवतजावतमा निकै सहज भएको बताइएको छ ।

त्यसैगरी, यसै शैक्षिक सत्रदेखि कामपामा रहेका सबै सामुदायिक विद्यालयमा पहिलोपटक बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन भइरहेको छ भने माध्यमिक तह कक्षा ९ देखि १२ सम्म शिक्षामा सिम कार्यक्रम लागू भइसकेको छ । कामपामा रहेका ५९ वटा माध्यमिक विद्यालयमध्ये ५६ वटामा यो कार्यक्रम लागू भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्ध स्तूपमा ढल निर्माण गर्ने मेयर शाक्यकाे अाश्वासन !
बौद्ध स्तूपमा ढल निर्माण गर्ने मेयर शाक्यकाे अाश्वासन !
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन
कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक