सरकार विरुद्ध प्रतिपक्षले आन्दोलन गर्ने बेला भएकै हो?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सरकार विरुद्ध प्रतिपक्षले आन्दोलन गर्ने बेला भएकै हो?

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले माघ २१ गते सोमबार देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गर्यो।
  •   देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो।
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले माघ २१ गते सोमबार देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गर्यो। 
देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो। सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै काँग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्न लागेको हो। 
तर सरकार गठन भएको एक वर्ष पनि पूरा नहुँदै प्रमुख प्रतिपक्ष दलले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने गरी सडकदेखि सदनसम्म आन्दोलन गर्नु कत्तिको जायज हो भन्ने प्रश्न उढ्न थालेको छ। जनताले नेकपालाई पाँच वर्षसम्म सरकारको नेतृत्व गर्दै मुलुकमा समृद्धि हासिल गर्न म्याण्डेट दिएका छन्। जनताको म्याण्डेट अनुसार सरकारले काम गरिरहेको अहिलेको अवस्थामा कांग्रेसले केही मुद्दा नै नपाएको  जस्तो गरी आफ्नो विरोध र अवरोधकाबीच विधेयक परित गरेको  विषयलाई मुद्दा बनाएको छ।
कांग्रेसको अर्को मुद्दा भनेको आफ्ना दुई जना सभापतिका नाममा स्थापना भएका अस्पताललाई सरकारले खारेज गर्न लागेको भन्ने छ। जुन विषयमा सरकारले ती अस्पताल संचालनमा आउने बताइसकेको छ।
यही विषयलाई लिएर निरन्तर संसद अवरुद्ध गर्ने र सडकबाट पनि सरकार विरुद्ध आन्दोलनमा उत्रिनुले कांग्रेसको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठेको छ। आफूलाई  लोकतन्त्रको मसिहा  बताउने कांग्रेसको पछिल्लो क्रियाकलापले जनतामा कांग्रेसप्रति झन वितिष्णा पैदा गरेको छ। 
मुलुकमा लामो राजनीतिक संक्रमणको अन्त्य भई राजनीतिक स्थिरता कायम भएको सरकारले दीर्घकालीन महत्वका कामलाई प्राथमिकता दिएर काम गरिरहेको बेला सरकारलाई नै घेरा बन्दीमा पार्ने गरी काम गर्नु मुलुकको हितमा हुने छैन भने  यसले स्वयं कांग्रेसलाई नै पनि फाइदा गर्ने छैन्। दुई तिहाइ बहुमत भएको सत्तापक्षले प्रतिपक्षको विरोधकाबीच विधेयक पारित गर्यो भनेर आन्दोलन गर्दा कांग्रेस थप नांगिने बाहेक अन्य केही उपलब्धि हुने देखिँदैन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?