मेसी को गोल मा बार्सिलोना विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
२० पटक हेरिएको
Shares
मेसी को गोल मा बार्सिलोना विजयी

सारांश

  • काठमाडौं ५,फागुन।
  • कप्तान लिओनेल मेसीले पेनाल्टीमा गरेको गोल निर्णायक सावित हुँदा स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ ।
  • शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ अौं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

काठमाडौं ५,फागुन।कप्तान लिओनेल मेसीले पेनाल्टीमा गरेको गोल निर्णायक सावित हुँदा स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ ।शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ अौं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

जेरार्ड पिकेलाई लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले कुनै गल्ती गरेनन् । मेसीले गरेको अन्य प्रयासमा भने बार्सिलोनाका पूर्व गोलरक्षक जोर्डि मासिप लगातार बाधक बनिरहे ।

दोस्रो हाफको अन्तिम समयतिर पनि बार्सिलोनाले पेनाल्टी पाएको थियो । दोस्रोपटक भने मेसीको प्रहारलाई गोलरक्षक मासिपले विफल पारे । किको ओलिभासले वैकल्पिक खेलाडी फिलिपे कोउटिन्होलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै शनिबार राति भएको खेलमा एट्लेटिको मडि्रडले रायो भालेकानोलाई १-० गोलअन्तरले पराजित गर्दा लेभान्टेले सेल्टा भिगोलाई ४-१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको छ ।

यस जितसँगै बार्सिलोनाले अंक तालिकाको शीर्ष स्थानमा अग्रता बढाएको छ ‌। बार्सिलोनाको २४ खेलमा ५४ अंक छ भने एट्लेटिकोको समान खेलमा ४७ अंक छ । एक खेलमा कम खेलेको रियलले ४५ अंक जोडेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?