सराङकोट पहिरो : मृतकको सङ्ख्या पाँच पुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
४९ पटक हेरिएको
Shares
सराङकोट पहिरो : मृतकको सङ्ख्या पाँच पुग्यो

सारांश

  • कास्की, २६ असार : पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
  • पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
  • घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् ।

कास्की, २६ असार : पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो ।

पिङ्की थापाकोे जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आएका थिए । पोखराका विभिन्न ठाउँमा गएरातिको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

यसअघि पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरामा पुरिँदा उनका आमा ७० वर्षीया हिमकलीको घटनास्थलमै मृत्यु भएको थियो । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
डिपिएल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य
डिपिएल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य
सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण
सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण
सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना
सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
नेकपाको स्थायी कमिटी तेस्रो पटक बस्दै
नेकपाको स्थायी कमिटी तेस्रो पटक बस्दै
यी हुन् कांग्रेसले प्रमुख पद जितेको ११७ स्थानीय तह
यी हुन् कांग्रेसले प्रमुख पद जितेको ११७ स्थानीय तह