भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
सारांश
- भक्तपुर – २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवाल स्कुल जान थालेका छन्।
- २०७१ मंसिर २९ गते जन्मेका सोनिश नयाँं शैक्षिक सत्रदेखि भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका हुन् ।
- घर भत्केर भित्रै पुरिएका पाँंच महिने वालक सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेपछि एकाएक चर्चाको शिखरमा पुगेको थियो।
भक्तपुर – २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवाल स्कुल जान थालेका छन्। २०७१ मंसिर २९ गते जन्मेका सोनिश नयाँं शैक्षिक सत्रदेखि भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका हुन् । घर भत्केर भित्रै पुरिएका पाँंच महिने वालक सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेपछि एकाएक चर्चाको शिखरमा पुगेको थियो।
सोनिशका आमा रश्मिलाले आर्थिक अवस्था कमजोर रहेका कारण सोनिशलाई नाम चलेको स्कुलको सटामा स्थानीयस्तरकै सानो स्कुलमा भर्ना गरिदिएको जनाइन्। सोनिश भर्ना भएको स्कुलमा कक्षा ६ सम्म अध्ययन अध्यापन हुन्छ। ‘भर्ना शुल्क दुई हजार पाँंच सय, वार्षिक शुल्क तीन हजार, फर्म शुल्क पाँंच सय, स्टेशनरी दुई सय ५०, टिफिन शुल्क पाँंच सय र मासिक शुल्क नौ सय तिरेर छोरालाई नजिकैको स्ुकलमा भर्ना गरिदिए, उनले नागरिकसँंग भनिन्, ‘छोराले राम्ररी पढेर नाम नचलेकै स्कुलबाट पनि राम्रो गर्ला भन्ने आश छ।’ यसअघि सोनिश भक्तपुर नगरपालिकाद्धारा सञ्चालित भक्तपुरकै भोलाछेंस्थित शिशु स्याहार केन्द्रमा महिनामा पाँंच सय रुपैयाँं तिरेर एक वर्ष शिशु स्याहारमा रहेका थिए।
सोनिशलाई नाम चलेकै भक्तपुरको एभरेष्ट इंगलिश स्कुल व्यासीमा भर्ना गर्ने आमा रश्मिलाको इच्छा थियो । भक्तपुरकै व्यासीमा रहेको एभरेष्ट स्कुल नदेखेका उनले व्यासीमै रहेको एम्स् स्कुल जुन स्कुलको वोर्डको नाम एबाट सुरु हुन्थ्यो देखेपछि त्यही स्कुल नै एभरेष्ट स्कुल भनी भर्ना गरिदिएको सुनाइन्। ‘एभरेष्ट स्कुलको नामको पहिलो अक्षर एबाट आउँंछ भन्ने लागेको थियो र त्यही एबाट सुरु भएको एम्स् स्कुल नै एभरेष्ट स्कुल हो भनी लागेर भर्ना गरिदिए, सामान्य अंग्रेजी मात्रै बुझेकी रश्मिलाले स्कुल छनौटको आधार खुलाउँंदै भनिन्, ‘तर एभरेष्टको नामको सुरुको अक्षर त ईबाट पो आउँंदो रहेछ र भर्ना गरेर पैसा बुझाएपछि मात्रै यो कुरा थाहा भयो।’ एभरेष्ट स्कुल नभएर अर्काे स्कुलमा छोरा भर्ना गराएको थाहा पाएर पैसा फिर्ता माग्दा नदिने कुरा भएपछि महँंगो स्कुलमा पढाउन हामी गरिवले कहाँं सक्छौं र? भनेर त्यही स्कुलमै भर्ना गर्न चित बुझाएको उनले सुनाइन्। यसबाहेक पनि आफूलाई नजिकैको जेन्युइन सेकेण्डरी स्कुलमा भर्ना गर्ने इच्छा रहेको तर त्यो पनि नाम चलेको महँंगै स्कुल भएकोले सानै स्कुलमा चित बुझाएको उनले सुनाइन् ।
आर्थिक अभाबकै कारण उनी विहान र बेलुका छोरालाई आफै स्कुल पु-याउन जाने र लिन जाने गर्छिन्। यसबाहेक उनी फुर्सदको समयमा कोठामै भएको एउटा टेलर्स (सिलाई मेशिन) मा टोलछिमेकको सामान्य सिलाई बुनाईका काम गर्छिन्। साथै सिलाईको काम नभएको बेला घरमै टोपी, मोजा बुन्ने काम उनी गर्छिन्। उनका पति भने सामान्य चालक छन्।
आजको नागरिक दैनिकमा कृष्ण किसीले खबर लेखेका छन् ।
प्रतिक्रिया