डिपिएल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
डिपिएल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

सारांश

  • धनगढी, ३० चैत , यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।
  • प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय ग¥यो ।
  • निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो ।

धनगढी, ३० चैत , यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय ग¥यो । निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए ।

बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।

अहिले काठमाडौँ गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?