सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !

सारांश

  • काठमाडौं ।
  • सर्टिफिकेट विवादमा न्याय परिषद् सचिवालयमा काजमा तानिएका जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन्।
  • तनहुँ जिल्ला अदालतका न्यायाधीश उपाध्यायले जेठ १ देखि लागू हुनेगरी राजीनामा दिएका हुन्।

काठमाडौं । सर्टिफिकेट विवादमा न्याय परिषद् सचिवालयमा काजमा तानिएका जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन्। तनहुँ जिल्ला अदालतका न्यायाधीश उपाध्यायले जेठ १ देखि लागू हुनेगरी राजीनामा दिएका हुन्।

काम गर्ने वातावरण नभएको र आफूलाई अनावश्यक विषयमा आरोप लगाइएकाले राजीनामा दिएको उनले स्पष्ट पारे।

‘अनावश्यक कुरामा बढी प्रचार भयो, काम गर्ने वातावरण भएन,’ उनले गुनासो गरे, ‘लामो समय न्याय सेवामा काम गरियो। अवकाश हुने बेलामा काम गर्ने वातावरण नभएकाले मन भएन।’ ३६ वर्ष न्याय सेवामा बिताएका उनी उमेर हदका कारण अनिवार्य अवकाश हुन अझै दुई महिना बाँकी रहेको थियो।

न्यायाधीश उपाध्यायले वैशाख २७ मा सर्वोच्चका रजिष्ट्रार लालबहादुर कुँवरमार्फत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमक्ष राजीनामा पेस गरेको बताए। राजीनामा दिएपछि स्वतः स्वीकृत हुने व्यवस्था छ।

न्यायाधीश उपाध्यायको स्नातक तहको सर्टिफिकेट नक्कली रहेको भन्दै छानबिनको माग गर्दै न्याय परिषदमा उजुरी परेको थियो। त्यसैगरी उनले विदेशी नागरिकको नागरिकतासम्बन्धी मुद्दामा धरौटीमा छाडेको उजुरी परेको थियो। न्यायाधीश उपाध्यायविरुद्ध दुईवटा उजुरी परेपछि उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय परिषद् सचिवालयमा काजमा तानेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?