मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

सारांश

  • गण्डकी ।
  • गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन्।
  • आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन्। आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । साठी सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्दै आफूले २९औँ दिनमा विश्वासको मतको सामना गर्न लागेको बताए । प्रदेशसभाको अङ्कगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । सरकार गठनका लागि निर्णायक माओवादी केन्द्रले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ ।

प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य हुन् । मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनेछन् । वर्तमान सरकार ढलेपछि संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग