चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?

सारांश

  • काठमाडौं ।
  • ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’लाई चुमभ्यालीबाट विदाइ गरिएको छ ।
  •  जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेपछि उनी भोजपुरका लागि बाटो लागेका छन् ।

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’लाई चुमभ्यालीबाट विदाइ गरिएको छ ।  जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेपछि उनी भोजपुरका लागि बाटो लागेका छन् ।

प्रकाशको बिदाईमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए । चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ ।

लामाले  भने, ‘आज प्रकाशलाई छरछिमेकसमेत भेला भएर हार्दिकतापूर्वक बिदाई गरिएको छ । प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिनेछौं ।’

उनले आफू काठमाडौंमै भएकाले प्रकाशलाई यहाँ आएपछि प्रधानमन्त्रीसँग भेटाएर भोजपुर पठाइने बताएका छन् । प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।

दशैंमा फेरि फर्किने वाचासहित पोहोर चुमभ्याली फर्किएका प्रकाशलाई नागरिकता साथै रोजगारीको सहयोगका लागि चौतर्फी ढाडस मिलेपछि प्रकाश आजै भोजपुरतर्फ लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?