पोखरामा भोली र्अथात शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पोखरामा भोली र्अथात  शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने

सारांश

  • पोखरा  २ चैत्र  हालै बजारमा आएको साहित्यिक कृति ‘बिर्सिएको मृत्यु’  माथि पोखरामा बहस हुने भएको छ ।
  • कृतिमाथि नौलो बहस पोखराले बहस कार्यक्रम आयोजना गर्ने जनाएको हो ।
  • यहि चैत्र ३ गते शनिबार पोखराको न्यूरोड अवस्थित हिमालयन रिडर्स कर्नरमा कृतिकार प्रगति राई तथा युवा कवि स्वपनील स्मृति तथा अन्य श्रस्टाको  साथमा बहस कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अनुज कुलुङले जनाएका छन् ।

पोखरा  २ चैत्र 

हालै बजारमा आएको साहित्यिक कृति ‘बिर्सिएको मृत्यु’  माथि पोखरामा बहस हुने भएको छ ।

कृतिमाथि नौलो बहस पोखराले बहस कार्यक्रम आयोजना गर्ने जनाएको हो । यहि चैत्र ३ गते शनिबार पोखराको न्यूरोड अवस्थित हिमालयन रिडर्स कर्नरमा कृतिकार प्रगति राई तथा युवा कवि स्वपनील स्मृति तथा अन्य श्रस्टाको  साथमा बहस कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अनुज कुलुङले जनाएका छन् ।

२०६२/६३ को जनआन्दोलनको सफलता पछि धेरै सर्जकहरुले साहित्यका विभिन्न विधाहरु मार्फत उन्मुक्ति र स्वतन्त्रताका आवाजहरुलाई प्याकेजकै रुपमा आम नेपाली पाठकहरुलाई पस्किएका थिए । तिनै सर्जक मध्येबाट पछिल्लो दशक नेपाली साहित्यिक आकासमा उदाएका साहित्यकार हुन् प्रगती राई ।

आन्दोलनकै उपलब्धिका रुपमा पहिलो कविता कृति ‘वादी विज्ञप्ती’ पाठकहरु माझ ल्याएका राईलाई नेपाली साहित्यमा स्थापित गरायो। कविता संग्रहको सफलता पछि साहित्यिक कृति उपन्यास ‘लेखककी स्वास्नी’ ले  प्रगति राईलाई पाठकहरु माझमा निरन्तर आईरहने साहित्यकारको रुपमा उभ्याइदियो । यसैको थप  निरन्तरता स्वरूपको  नयाँ साहित्यिक कृति ‘बिर्सिएको मृत्यु’  हो ।

पुस्तकमा हस्ताक्षर कार्यक्रम समेत रहेको शनिबारको कृति माथिको  बहस कार्यक्रममा उपस्थितिको लागी सम्पर्ण साहित्यप्रेमी जनसमुदायलाई आयोजकले आग्रह समेत गरेको छ ।

बिहान ७ बजेदेखी शुरु हुने उक्त कार्यक्रमको  सहजिकरण लेखक दिपक पराजुलीले गर्ने बताइएको छ ।

(prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?