सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

सारांश

  • काठमाडौं ।
  • बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
  • भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो ।

काठमाडौं । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौनहिंसामा पर्ने गरेको बताए । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागि गराउने गरेको उनको भनाइ रहेको छ । बालकमाथि हुने यौनहिंसाका घटना कम उजुरी पर्ने गरेका छन् । बालकको अनुभवलाई साधारणरुपमा लिने गरिन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन ।

यौन दुव्र्यहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, वौद्धिक तथा मानसिकरुपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुर्ब्यबहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् ।

यस्तै विश्वभर छ जना बालकमध्ये एक जना १८ वर्ष हुनुअधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ ।

बालकलाई गोप्य अङ्ग छोएर अर्थात छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुम्सुम्याउनु, अश्लिल शब्द प्रयोग गरेर बोलाउनु, अश्लिल तस्विर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुर्ब्यबहार हुन् ।

बालकलाई पनि यौन दुव्र्यहार हुन्छ भनेर सचेतना फैलाउन आवश्यक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
‘सन्जु’ले तोड्यो ‘बाहुबाली २’को रेकर्ड
‘सन्जु’ले तोड्यो ‘बाहुबाली २’को रेकर्ड
भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ
भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार
पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?

तपाईंले छुटाउनुभयो कि?