सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा

सारांश

  • नेपालगञ्ज।
  • कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ।
  • दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन्।

नेपालगञ्ज। कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ।

दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन्। नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ। सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

अहिले भारतबाट घर फर्किने नेपालीको सङ्ख्या उल्लेखनीय मात्रामा रहेको छन्। त्यस्तै नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिक पैदल आउन बाध्य भएका छन्।  यसअघि भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशङ्कामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो। यहाँ बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो। बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन्।

अर्कोतर्फ, कोरोना भाइरसको  कारण बाँकेको व्यापार, व्यवसाय पनि प्रभावित भएको छ। बाँकेको सदरमुकाम नेपालगञ्जमा आवतजावत गर्नेको सङ्ख्या घटेपछि यहाँको व्यापार, व्यवसाय प्रभावित बनेको हो। मूलतः भारतबाट आउने पर्यटकको आगमन शून्यमा झरेको, आन्तरिक पर्यटकको सङ्ख्या पनि ह्वात्तै घटेको, होटल, रेष्टुराँ र सार्वजनिकस्थलमा मानिसको उपस्थिति पातलिँदै गएपछि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए।
कोरोनाका कारण बाँकेको होटल व्यवसायमा सबैभन्दा बढी प्रभाव परेको छ । नेपाली तथा विदेशी पर्यटकले चल्दै आएको बाँकेको होटल व्यवसाय सरकारले विदेशीलाई प्रवेश निषेध तथा जिल्लामा कुनै पनि सभा सम्मेलन, कार्यक्रम नगर्नका लागि आग्रह गरेकाले अहिले होटल व्यवसायको कारोवार प्रायःठप्प जस्तै छ।

“हाम्रो कारोवार ८० प्रतिशत बढीले घटेको छ । यस्तो अवस्थालामो समयसम्म रहिरहे बैंकको ऋण निखन्न पनि धौधौ पर्ने देखिन्छ”, होटल व्यवासायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने । तर, यहाँको व्यापार व्यवसायमा प्रतिकूल प्रभाव परे पनि भारतबाट आउने मालसामान भने रोकिएका छैनन्। भारतबाट आउने मालसामानमा भने कुनै कमी आएको छैन। सीमानाकामा आवतजावतमा कडाइ भए पनि सामान आयातनिर्यातमा भने कुनै कमी नआएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ।

“भारतबाट मालसामान आयतमा वृद्धि भएकाले अहिले विगतको भन्दा दैनिक रु एक करोड बढी राजश्व सङ्कलन भइरहेको छ”, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते
दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते
यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री
यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ:  प्रधानमन्त्री ओली
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?

तपाईंले छुटाउनुभयो कि?