थारु समुदायको संस्कृति र पहिचान जाेडीएकाे सङ्ग्रहालय संकटमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
थारु समुदायको संस्कृति र पहिचान जाेडीएकाे सङ्ग्रहालय संकटमा !

सारांश

  • घोराही, २३ असोज ।
  • थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारु सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ ।
  • सरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका सामग्रीसमेत बिग्रन थालेको छ ।

घोराही, २३ असोज । थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारु सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ । सरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका सामग्रीसमेत बिग्रन थालेको छ ।

विसं २०६६ मा घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक सङ्ग्रहालयको संरक्षणको जिम्मा कसले लिन भन्ने विषयमा राजनीतिक विवाद भएपछि अलपत्र परेको सरोकार भएकाहरुको भनाइ छ । शुरुआतको केही वर्षसम्म सञ्चालनमा आए पनि अहिले सङ्ग्रहालय पूर्ण रुपमा बन्द रहेको संरक्षण समितिका सदस्य एवं पत्रकार सन्तोष दहित बताउँछन् । “स्थापनाकालमा देशका विभिन्न ठाउँ र बाहिर देशबाट समेत पर्यटकहरु अवलोकन गर्न आउने गरेका थिए ।” उनले भने “तर करीब तीन वर्षयतादेखि सङ्ग्रहालय बन्द भएपछि अवलोकन गर्न आउने पर्यटकहरु फर्केर जाने गरेका छन् ।” लामो समयसम्म सङ्ग्रहालय खुल्न नसकेपछि सङ्ग्रहालयभित्र रहेका विभिन्न सामग्रीमा ढुसी लागेर कुहिन थालेको उनले बताए ।

यता थारु समुदायभित्र विवादका कारण सङ्ग्रहालयका नाममा आएको रकम पटक पटक फ्रीज भएर जाने गरेको छ । सङ्ग्रहालयको भौतिक निर्माण तथा व्यवस्थापनका लागि पुरातत्व विभाग काठमाडौँले सङ्ग्रहालयको भौतिक पूर्वाधारमा सुधार तथा निर्माणका लागि बजेट छुट्याइए पनि सम्बन्धित निकायले सम्झौता गर्न नआएपछि बजेट फ्रिज हुने गरेको सङ्ग्रहालय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लोकसंस्कृतविद् डा गोविन्द आचार्य बताउँछन् ।

सङ्ग्रहालयमा परम्परागतमा थारु समुदायले प्रयोग गर्दै आएका विभिन्न किसिमका माटाका भाडाँकुडाका सामग्री राखिएका छन् । त्यसैगरी पुर्खाका वेशभूषा, खेतीपातीमा प्रयोग गर्दैआएको हलो, वर्षामा ओढ्ने छत्री, धान राख्नका लागि माटाका भाँडाका डेहरी, भात पकाउने माटाका भाँडा, तरकारी चलाउने काठको डाडु राखिएका छन् । यसैगरी परम्परागत थारु समुदायले सुत्नका लागि प्रयोग गर्दै आएको खटिया, खटौली, ढक्या गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौकालगायत सामग्री पनि सङ्ग्रहालयमा छन् । यस्तै थारु समुदायले पूजापाठ गर्दै आएका देवीदेवताका विभिन्न मूर्ति राखिएका छन् ।

–रीता लामा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?