कोमल वलीको घरमा प्रचण्डको डिनर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
१८ पटक हेरिएको
Shares
कोमल वलीको घरमा प्रचण्डको डिनर

सारांश

  • काठमाडौं, २१ कात्तिक ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड कोमल वलीको दाङस्थित घरमै पुगेका छन् ।
  • उनले बुधबार राति वली परिवारसँग साँझको खाना समेत खाए ।

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड कोमल वलीको दाङस्थित घरमै पुगेका छन् । उनले बुधबार राति वली परिवारसँग साँझको खाना समेत खाए ।पार्टी कार्यक्रमको सिलसिलामा दाङ पुगेका प्रचण्ड तुलसीपुरस्थित वलीको घरमा पुगेर परिवारसँगै खाना खाएका हुन् । उक्त कुरा वलीले फेसबुकमा उल्लेख गरेकी छिन् ।

प्रचण्डले कोमल वलीका बाबु, भाई र बुहारीसँग भेटेका थिए । कोमलकी भाईबुहारीले प्रचण्डलाई खाना बनाएर खुवाएकी थिइन् । बुधबार नै कोमल वलीको दाङस्थित सचिवालयको प्रचण्डले उदघाटन गरेका थिए ।राप्रपाबाट राजनीतिक शुरु गरेकी कोमल पछिल्लो समय नेकपामा छिन् । उनलाई केपी शर्मा ओलीले तत्कालिन नेकपा एमालेमा प्रवेश गराएर राष्ट्रिय सभाको सांसद समेत बनाएका थिए । राजनीतिमा लाग्दा पनि वली गीत गाउन छाडेकी छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?