कांग्रेसले कहाँ कसलाई दियो टिकट ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
१४ पटक हेरिएको
Shares
कांग्रेसले कहाँ कसलाई दियो टिकट ?

सारांश

  • काठमाडौँ ।
  • आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले मनोनयनको अघिल्लो दिन मात्रै उम्मेद्वारहरुको नाम टुँगो लगाएको छ।
  • कांग्रेसले आगामी उप निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्यमा तीन गरी चार जना उम्मेद्वारहरुको नाम टुँगो लगाएको हो।

काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले मनोनयनको अघिल्लो दिन मात्रै उम्मेद्वारहरुको नाम टुँगो लगाएको छ।

कांग्रेसले आगामी उप निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्यमा तीन गरी चार जना उम्मेद्वारहरुको नाम टुँगो लगाएको हो।

बुधबार (हिजो) पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानिलकन्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको उम्मेद्वारमा पूराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस कास्कीले केन्द्रमा सिफारिस गर्ने तीन जना सम्भावित उम्मेद्वारको नाम टुँग्याउन नसकेर पौडेलसहित १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो।

त्यस्तै प्रदेश सभा सदस्यका लागि हुने तीन निर्वाचन क्षेत्रहरु बागलुङ २ (ख) मा जित शेरचन, भक्तपुर १ (क) मा कृष्णलाल भंडेल र दाङ ३ (ख) मा केशव आचार्य छनौट भएका हुन् ।

निर्वाचन आयोगले कार्तिक २१ गते बिहीबार (आज) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरको छ।

(expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?