सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं, ९ पुस मोरङ, मकवानपुर, डोटी, रुपन्देही, चितवन र म्यागदीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
  • मोरङ बेलबारी नगरपालिका-१० स्थित सडकमा ना.
  • ४ ख ४८१३ नम्बरको बसको पछाडी मे.

काठमाडौं, ९ पुस
मोरङ, मकवानपुर, डोटी, रुपन्देही, चितवन र म्यागदीमा भएका छुट्टाछुट्टै सवारी
दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
मोरङ बेलबारी नगरपालिका-१० स्थित सडकमा ना.४ ख ४८१३ नम्बरको बसको
पछाडी मे.८ प १८७८ नम्बरको मोटरसाइकल आइतबार दिउसो ठक्कर खाई दुर्घटना हुँदा
गम्भीर घाइते भएका मोटरसाइकल चालक ईलाम फाकफोकथुम गाउँपालिका-३ बस्ने २२
वर्षीय प्रविण तामाङ र मोटरसाइकलमा सवार झापा बुधशान्ति गाउँपालिका-४ बस्ने ४०
वर्षीया नरमाया

तामाङको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको
प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मोरङ सुन्दर हरैचा नगरपालिका-७ गोठगाँउस्थित सडकमा को.१ क १४६८
नम्बरको ट्रकले ठेलालाई आइतबार राति ठक्कर दिदाँ ठेला चालक सोही नगरपालिका-२ बस्ने
४५ वर्षीय चन्दन चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ नागसोतीस्थित सडकमा रोकी राखेको ना.४
त ३४३० नम्बरको ट्रयाक्टर अचानक गुडन गई ट्रयाक्टरको तल खेलीरहेकी सोही स्थान बस्ने
विष्णुबहादुर थिङको १५ महिनाकी छोरी ईशु थिङलाई किच्न गई आइतबार साँझ
घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटी दिपायल सिलगढी नगरपालिका-४ राजपुरस्थित सडकमा धनगढीबाट दिपायल
सिलगढीतर्फ जाँदै गरेको बा.२ ख २२४३ नम्बरको माईक्रो बसको पछाडी झुण्डि आईरहेका
शिखर नगरपालिका-२ बस्ने धनबहादुर दमाईको ७ वर्षीय छोरा ईन्द्र दमाईको खुट्टा अड्कन
गई घिसारिँदै आईरहेको अवस्थामा अस्थयी प्रहरी पोष्ट राजपुरबाट खटिएको टोलीले उद्धार
गरी उपचारको लागि सुजङ अस्पताल राजपुर पठाएकोमा उनको उपचारको क्रममा आइताबर
राति मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही सैनामैना नगरपालिका-४ मुर्गियास्थित सडकमा लु.२ ख १३९ नम्बरको बस र
लु.९ प ६९७ नम्बरको मोटरसाइकल आपसमा आइतबार राति ठक्कर खाँदा गम्भीर घाइते
भएका मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय जगदिश चौधरीको
लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन भरतपुर महानगरपालिका-१ आँपटारीस्थित सडकमा ना.७ ख १६४२
नम्बरको बसले ना.६१ प २२३७ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा
गम्भीर घाइते भएका मोटरसाइकल चालक सहित २ जना पुरुषलाई उपचारको लागि जिल्ला
अस्पताल भरतपुर लगिएकोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको
उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्याग्दी मंगला गाउँपालिका-५ अर्मन धारास्थित सडकमा ग.२ च ३०८ नम्बरको कारले
पैदलयात्री सोही स्थान बस्ने ७० वर्षीया कृष्णकुमारी रोका क्षेत्रीलाई आइतबार दिउसो ठक्कर
दिँदा गम्भीर घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लैजाने क्रममा
बाटोमै मृत्यु भएको छ । फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?