नवराज सिलवालविरुद्धको मुद्दा फेरि ब्यूँतिने!
सारांश
- काठमाडौं – एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ।
- महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाइल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ।
- सरकारी वकिल कार्यालय स्रोतका अनुसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाइल प्रहरी परिसर काठमाडौंलाई फिर्ता गर्न लागिएको हो।
काठमाडौं – एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाइल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाइल प्रहरी परिसर काठमाडौंलाई फिर्ता गर्न लागिएको हो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले भने उक्त अभियोगमा अहिले कुनै पनि प्रक्रिया अघि नबढेको दाबी गरेका छन्। ‘अहिले केही प्रक्रिया अघि बढेको छैन तर फाइल कि अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं जान्छ कि अदालतमा पेस हुन्छ। दुईमध्ये एक हुन्छ, त्यो छिटै हुन्छ’, दाहालले भने।
आजको नागरिक दैनिकको तेस्रो पेजमा टपेन्द्र कार्कीले खबर लेखेका छन् ।
Subas Rai
Good
Resham Khadka
गर्नै पर्छ यो गद्दार हो।अरू सबै ठिक किर्ते चाही यस्ले 100% गरेको हो।अघिल्नो सरकारको पालामा भागिभागी लुकेर बस्ने।हिम्मत भए त्यही बेला फेश गर्नु पर्थो।कानुन सबैलाई बराबरी हो।जो जस्को सरकार आएपनि निति नियम एउटै हुनुपर्छ।बिकसित देशको निति नियम हेर आफु भन्दा अगाडि सरकारका बाकी काम कार्बही फलो हुन्छ।अपराध बाट कोही उम्कन पाउनु भएन
Bhakta Bdr Sodari
Kirta kanda ko jokohihos karbahi Hunuparxa.