आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सबै मन्त्रीले पद तथा गोपनियताको शपथ लिने बताएका छन्।
- शुक्रबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
- ‘हामीले मन्त्रीको नाम करिबकरिब टुंग्याएका छौँ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सबै मन्त्रीले पद तथा गोपनियताको शपथ लिने बताएका छन्। शुक्रबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘हामीले मन्त्रीको नाम करिबकरिब टुंग्याएका छौँ। एमालेले अझै टुंग्याएको छैन, ऊ छलफलमै छ’, एक कार्यक्रममा सहभागी भएर निस्कने क्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘आइतबार सबै मन्त्रीको शपथ हुन्छ।’
बिहीबार बसेको माओवादी हेडक्वाटर बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको छ। हेडक्वाटर बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सहभागी हुने निर्णय भने गरिसकेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया