न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
४३ पटक हेरिएको
Shares
न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

सारांश

  • काठमाडौँ, १६ असार : न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।
  • भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९ को महामारीका कारण उत्पन्न कठिन परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी ओहोदाको प्रमाणपत्र ग्रहणको व्यवस्था मिलाएकामा गभर्नरजनरलप्रति आभार व्यक्त गरे ।
  • त्यस अवसरमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली जनताका तर्फबाट न्यूजिल्याण्ड सरकार र त्यहाँका जनतामा शुुभकामना व्यक्त गर्नुभएको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ ।

काठमाडौँ, १६ असार : न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९ को महामारीका कारण उत्पन्न कठिन परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी ओहोदाको प्रमाणपत्र ग्रहणको व्यवस्था मिलाएकामा गभर्नरजनरलप्रति आभार व्यक्त गरे । त्यस अवसरमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली जनताका तर्फबाट न्यूजिल्याण्ड सरकार र त्यहाँका जनतामा शुुभकामना व्यक्त गर्नुभएको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न न्यूजिल्याण्ड सरकारले चालेका कदमको सरहाना गर्दै राजदूत दाहालले विश्वमा नै कोभिड–१९ बाट मुक्त पहिलो देश न्यूजिल्याण्ड बनेकामा हार्दिक बधाई ज्ञापन गरे । न्यूजिल्याण्डमा रहेका नेपाली समुदाय तथा विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति न्यूजिल्याण्ड सरकारप्रति उहाँले आभार व्यक्त गरे । न्यूजिल्याण्डसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै कोभिड–१९ पछि दुुई देशबीचको सम्बन्धलाई आपसी हितका खातिर अझ सुदृढ तुुल्याउन आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत दाहालले व्यक्त गर्नुभयो । उहाँले दुुई देशबीचको व्यापार र लगानी विस्तारमा पनि जोड दिए ।

राजदूत दाहालको कार्यकालको सफलताको कामना गर्दै गभर्नर जनरल रेड्डीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका साथै नेपाली जनताप्रति शुुभकामना व्यक्त गरे । सन् १९६१ देखि न्यूजिल्याण्ड र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुमधुर रहेकामा त्यसप्रति उहाँले सन्तुष्टि व्यक्त गरे । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन
चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार
एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !
एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !
माघ तेस्रो सातादेखि रेल चल्ने
माघ तेस्रो सातादेखि रेल चल्ने
जलविद्युत् कम्पनी एकापसमा गाभिँदै
जलविद्युत् कम्पनी एकापसमा गाभिँदै
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु