प्रधानमन्त्री ओलीले आज भ्याक्सिन लगाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए ।
  • सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए ।

सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?