बोलीमा लगाम नहुँदा भक्कानिँदै सरकारबाट बाहिरिए तामाङ
सारांश
- काठमाडौं, ८ साउन ।
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।
- आफ्नै बोलीमा लगाम नहुँदा मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत उनले पदबाट राजीनामा घोषणा गरेका हुन् ।
काठमाडौं, ८ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । आफ्नै बोलीमा लगाम नहुँदा मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत उनले पदबाट राजीनामा घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलमा उनले विगतमा मन्त्रालय र आफूले गरेको कामको जानकारी गराएका थिए । पत्रकार सम्मेलन भावुक देखिएका तामाङले आफू भावुक व्यक्ति भएको प्रतिक्रिया दिएका थिए । उनले भक्कानिँदै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे ।
सधैँ जनताको हितमा काम गर्दा कसैलाई समाप्त गर्ने उद्देश्यले काम नगरेको उनले बताए । नेपाली मिडियामा आएको समाचार आफूप्रति सकारात्मक रहेको बताउँदै सोही विषयमा केही बोल्न खोज्दा आफू भावुक बनेको उनले प्रतिक्रिया दिए ।
केही दिन अघि एक कार्यक्रममा बोल्ने क्रममा तामाङले बंगलादेशमा डाक्टर पढ्न गएका छात्राले शरीर बेचेर सर्टिफिकेट ल्याउँछन् भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको कारण विवादमा आएका उनलाई नेकपाले राजीनामा दिन निर्देशन गरेको थियो ।
Suresh Ghising
imandar neta
Lakha Raj Thapa
हो एस्ता प्रधानमन्त्री भयभनी उइ सेर बहादुर तामाङ जस्तै हुन्छ्न
Kyacee SB
Kanun ko. Sanman. Garne. Hobhane. 2bai jana. Jel janu parxa