नारायणकाजी र बेदुराम भुसाल राष्ट्रियसभामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
नारायणकाजी र बेदुराम भुसाल राष्ट्रियसभामा

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेकपाले माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारका टुंगो लगाएको छ।
  • शुक्रबार विहान बसेको नेकपा सचिवालय बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठ र वेदुराम भुसालसहित राष्ट्रियसभा उम्मेद्वारको टुंगो लगाएको हो।

काठमाडौं। सत्तारुढ दल नेकपाले माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारका टुंगो लगाएको छ। शुक्रबार विहान बसेको नेकपा सचिवालय बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठ र वेदुराम भुसालसहित राष्ट्रियसभा उम्मेद्वारको टुंगो लगाएको हो।

नेकपाले एक नम्बर प्रदेशमा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेद्वार बनाएको छ। यसैगरी २ नम्बर प्रदेशबाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसैगरी प्रदेश तीनबाट महिलातर्फ गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

यस्तै गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठलाई उम्मेद्वार बनाउने नेकपाले निर्णय गरेको छ। गण्डकी प्रदेशबाट महिलातर्फ भगवती न्यौपानेलाई उम्मेद्वार बनाएको छ। पाँच नम्बर प्रदेशमा महिलातर्फ विमला घिमिरे र अपांग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा तथा अन्यबाट गोपाल भट्टराईलाई उम्मेद्वार बनाएको छ।

कर्णाली प्रदेशमा महिलातर्फ सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मालाई उम्मेद्वार बनाइएको छ।
सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ शारदा भट्ट र अन्यवाट तारामान स्वाँरलाई उम्मेद्वार बनाइएको छ।
यी मध्ये नारायणकाजी श्रेष्ठ र बेदुराम भुसाल केन्द्रीय नेता हुन्। श्रेष्ठ सचिवालय सदस्य र प्रवक्ता हुन् भने भुसास स्थायी कमिटी सदस्य हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?