सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिको बाटोमा आक्रामक रुपमा योजना अघि बढाउने क्रममा आज एकै दिनमा दुईवटा सडकको सिलान्यास गर्नुभएको छ ।
  • भक्तपुर क्षेत्र नं.
  • २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपश्चात सांसद बस्नेतले विकासमा भक्तपुरको मुहार नै परिवर्तन गरिसक्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिको बाटोमा आक्रामक रुपमा योजना अघि बढाउने क्रममा आज एकै दिनमा दुईवटा सडकको सिलान्यास गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपश्चात सांसद बस्नेतले विकासमा भक्तपुरको मुहार नै परिवर्तन गरिसक्नुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, यातायात, सडक, खेलकुद, नदीको व्यवस्थापन लगायतका विकासमा उल्लेख्य रुपमा उपलब्धीमूलक योजनाहरु द्रुत गतिमा अघि बढाउनुभएको छ ।
यसै सवालमा आज सूर्यविनायक नगरपालिकाको वडा नं. ३ बोलकोट स्थित सूर्यविनायक – दक्षिणबाराही मन्दिर – काठमाडौँ ल क्याम्पसदेखि पानिट्याङ्की सिरुटार सडकको कालोपत्रे तथा सूर्यविनायक चुनदेवी–तीनधारा सडक विस्तारको सिलान्यास गर्नुभएको हो ।

पानीट्याङ्की सर्वाङिगण विकास समाजको आयोजनामा प्रदेश नं. ३ को पूर्वाधार विकास आयोजनाको रु पाँच करोडको लागतमा सूर्यविनायक – दक्षिणबाराही मन्दिर – काठमाडौँ ल क्याम्पसदेखि पानिट्याङ्की सिरुटार सडकको कालोपत्रेको सिलान्यास गरिएको हो । उक्त रकममा करिव एक किलोमिटर ३०० मिटर सडक आगामी आर्थिक वर्षभित्रमा नै सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको छ । उक्त सडकको चौडाई ११ मिटरको दायाँ वाँया फटफाट सडक सहितको बनाइने भएको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिकाको रु एक करोडको लागतमा सूर्यविनायक चुनदेवी–तीनधारा सडक विस्तार गरिने भएको छ । उक्त सडक पनि यहि आ.व.मा सडक विस्तार कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । सडक विस्तारको लागि आवश्यक रकम नपुग भएमा संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग पुनःसमन्वय गरी अवाश्यक बजेटको व्यवस्थापन गरि सम्पन्न गराउने सांसद बस्नेत तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बसुदेब थापाले बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले बालकोटमा ठूला सडक पाँच तथा साना सडक १३ वटा पार्न सफल भएको तथा टेण्डरको प्रकृयामा रहेको जानकारी गराउनुभयो । बालकोटमा खानेपानी तथा ढलको लागि समेत बजेटको व्यवस्थापन हुने जानकारी गराउँदै सांसद बस्नेतले भक्तपुरमा विकासको लहर चलेको र आगामी दिनमा अझ बढी योजनावद्ध रुपमा अघि बढाई भक्तपुरलाई नेपालकै नमुना जिल्लाको रुपमा विकसीत गराउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा प्रत्येक मानिस हिड्ने ठाउँ ठाउँमा केही न केही विकास भइरहेको बताउँदै विकासको जिम्मा, दिगो तथा स्थायीत्व विकासको लागि सम्बन्धीत निर्माण कम्पनी तथा सोही निकाय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि विकासमा गुणात्मक तथा परिणाममूखी विकास हुनुपर्नेमा समेत जोड दिनुभयो ।

सांसद बस्नेतले विगतमा निर्माण व्यवसायीले मिलेर तथा कमिशन र भ्रष्टचारको दलदलमा परि कुनै पनि कार्य निर्धारित तथा गुणात्मक रुपमा सम्पन्न नहुने गरेको बताउँदै अबका दिनमा त्यस्ता घुसखोरी तथा कमिशनको अन्त्य हुने बताउनुभयो । उहाँले कहि कतै कमिशन तथा घुसखोरी पाइएमा तत्काल कारवाही हुने समेत चेतावनी दिनुभयो ।

उहाँले कोटेश्वर– जडिबुटीको जाम अन्त्यको लागि हनुमन्ते नदी तथा मनोहरा नदीको कोरिडोर निर्माण कार्य तिव्र गतिमा अघि बढेको जानकारी गराउँदै उक्त कोरिडोर निर्माण सम्पन्न भए पश्चता उपत्यकावासीले कोटेश्वरको जामलाई सदाको लागि अन्त्य हुने समेत बताउनुभयो । उहाँले हनुमन्ते नदीको कोरिडोर अरनीको राजमार्गाको बैकल्पीक सडकको रुपमा विकास हुने समेत बताउनुभयो ।

उहाँले बालकुमारीदेखि महेन्द्र शान्ति हुँदै रानीकोटसम्म जाने सडक समेत टेण्डरको प्रकृयामा रहेको जानकारी गराउँदै ठिमीको पुलदेखि गणेश प्रा.वि हुँदै लुभुसम्म जोने सडकको समेत टेण्डरको अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो ।

उहाँले भक्तपुरलाई सुखी र समृद्ध बनाउन सफाई अभियानका साथमा विकृती, विसंगती, हिंसा, दुर्घटना न्युनिकरण, अपराधिक कृयाकलापको न्युनीकरण लगायतका अपराधिक कार्यहरुलाई नियन्त्रण गर्न नियमित रुपमा अनुगमन तथा मूल्याङ्कन विभिन्न चरणमा भइरहेको बताउनुभयो ।

उहाँले भक्तपुरमा शुरु गरिएका कुनै पनि विकास निर्माणका कार्यहरुलाई बजेटको अभावमा रोक्नुपर्ने अवस्था नहुने बताउँदै विकास र समृद्धिको बाटोमा सवै राजनीतिक दल, विभिन्न संघसंस्था, जनप्रतिनिधिस तथा स्थानीयवासीको प्रत्यक्ष सहभागित, अनुगमन तथा मूल्याङ्कन अपरिहार्य हुने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद शसीजंग थापाले संघियताको कार्यान्वयनसँगै विकासको प्रतिफल प्राप्त हुन थालेको बताउनुभयो । उहाँले भक्तपुर विकासमा फिल्मको ट्रेलर शरु भएको र आगामी दिनमा विकासको फिल्न आम जनताले देख्न र प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले विकास चिप्ले किराको गतिमा नभई अब खरायोको गतिमा हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनादेवी बस्नेत तथा पानी ट्याङ्की सर्वाङ्गिण विकास समाजका अध्यक्ष राजकुमार सिलवालले यो वर्ष विकास र समृद्धिको आधार तयार गर्ने बर्ष भएको बताउनुभयो । उहाँहरुले राष्ट्र निर्माणको मुख्य आधार पूर्वाधार विकास भएकाले तीन तहका सरकारले पूर्वाधार विकासलाई अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च
आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च
५ बर्ष देखि फ्लप शाहरुख, बनाउला त ‘जिराे’ले शाहरुखलाई पुनः हिराे ?
५ बर्ष देखि फ्लप शाहरुख, बनाउला त ‘जिराे’ले शाहरुखलाई पुनः हिराे ?
नेकपाका नेता चौलागाईंलाई पितृ शोक
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
घोराहीमा बजार क्षेत्रका सडकमा टेम्पो र अटो रिक्सा चल्न निषेध
घोराहीमा बजार क्षेत्रका सडकमा टेम्पो र अटो रिक्सा चल्न निषेध
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै
बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै
राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !
राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !

तपाईंले छुटाउनुभयो कि?