माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

सारांश

  • काठमाडौं ।
  • पोषक तत्वले भरपूर माटोको भाँडोलाई प्राकृतिक माटोबाट बनाइएको हुन्छ ।
  • त्यसैले यसमा क्याल्सियम, आइरन तथा म्याग्नेसियम जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन् ।

काठमाडौं । पोषक तत्वले भरपूर माटोको भाँडोलाई प्राकृतिक माटोबाट बनाइएको हुन्छ । त्यसैले यसमा क्याल्सियम, आइरन तथा म्याग्नेसियम जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन् ।

जब दही माटाको भाँडोमा जमाएर राखिन्छ तब सबै पोषक तत्वले दहीलाई अझै पौष्टिक बनाउँछन् ।

स्वादमा फरक

माटोको भाँडोमा जमाइएको दहीको स्वाद नै फरक हुन्छ । यो अन्य दहीभन्दा स्वादिष्ट हुन्छ । किनकी यसमा थोरै माटोको स्वाद पनि जोडिएको हुन्छ । त्यसो त दुग्धजन्य पदार्थहरू प्राकृतिक रूपमै एसिडिक हुन्छन् । तर, जब तपाईं माटोको भाँडो दही जमाउनुहुन्छ त्यसपछि यसको अम्लीयपनलाई सन्तुलित गर्न सजिलो हुन्छ ।

प्रोबायोटिक्सको मात्रा धेरै

माटोको भाँडोमा जमाएको दहीमा प्रोबायोटिक्सको मात्रा धेरै हुन्छ । प्रोबायोटिक्स आन्द्राको स्वास्थ्यका लागि स्वस्थकर ब्याक्टेरिया मानिन्छ जसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

त्यस्तै, रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ । यसबाहेक माटोको भाँडोमा जमाएको दहीमा पानीको मात्रा पनि कम हुन्छ । जसले गर्दा दही धेरै गाढा हुन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?