आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने

सारांश

  • आजदेखि विमानस्थल केही घण्टा बन्द हुने भएको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुनेछ ।
  • आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आजदेखि विमानस्थल केही घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुनेछ ।

आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएकाले उडान अवतरण बन्द गरेर स्तरोन्नति गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए ।

सेप्टेम्बर १ देखि डसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने प्रमुख क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?