साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब-योजना आयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ५ पुस  : मुलुकका २८.
  • ५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ ।
  • राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो ।

काठमाडौँ, ५ पुस  : मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो ।

एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो । प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा सूचकमा आधारित छ ।

उक्त प्रतिवेदनले प्रदेश नं ६ र प्रदेश नं २ मा बहुआयामिक गरिबी दर उच्च रहेको देखाएको छ । यहाँ ५० प्रतिशत जनता गरिबीको रेखामा छन् । त्यहाँका जनता खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएका हुन् ।

प्रतिवेदनअनुसार प्रदेश नं ५ र ७ मा गरिबीको दर ३० प्रतिशत रहेको तथा प्रदेश नं ३, १ र ४ मा १५ प्रतिशत रहेको उल्लेख छ । बहुआयामिक गरिबी सूचकांकले नौ वर्षसम्म उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहका भएको देखाएको छ ।

प्रतिवेदनमा ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको पनि उल्लेख छ ।

उक्त प्रतिवेदन सार्वजनिक पछि योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले एमपिआई गरिबीको जरामा गएर अध्ययन गर्ने विधि पहिलो पटक लागू गरिएको र यसले विकास निर्माणका स्रोत परिचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अक्स्फोर्ड विश्वविद्यालयको बहुआयामिक गरिबीको क्षेत्रमा अनुसन्धान गरिरहेको संस्था अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटी (ओपिएचआइ)की निर्देशक डा सबिना अल्किरेले गरिबी घटाउने कार्यमा नेपालले नाटकीय र उत्साहजन ढंगले प्रगति गरेकामा प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्
पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने
भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने
मलेसिया कामदार पठाउन रोक लगाउनुपर्ने माग…
मलेसिया कामदार पठाउन रोक लगाउनुपर्ने माग…
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने, बाढी, पहिरो र डुबानाको जोखिम कायमै
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने, बाढी, पहिरो र डुबानाको जोखिम कायमै
एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान
एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन
महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

तपाईंले छुटाउनुभयो कि?