नेकपामा प्रचण्डको नीति र रणनीति हावी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
नेकपामा प्रचण्डको नीति र रणनीति हावी

सारांश

  • समाचार विश्लेषण, १६ माघ ।
  • नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीति र रणनीति दुवै हावी हुँदै गएको छ ।
  • जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार गरेर प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डकै नीति हावी देखिएको हो ।

समाचार विश्लेषण, १६ माघ । नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीति र रणनीति दुवै हावी हुँदै गएको छ । जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार गरेर प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डकै नीति हावी देखिएको हो ।

अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनमा तत्कालिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो भनिएको छ । जनताको जनवाद मूलत प्रचण्डले अगाडि सारेको कार्यक्रम हो । तत्कालिन नेकपा एमालेले जनताको जनवादको साटो जनताको बहुदलीय जनवादलाई कार्यक्रमका रुपमा सारेको थियो । तत्कालिन नेकपा माओवादीले जनवादलाई प्राथमिकतामा राख्दै आएका थिए । राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रम हो भनिएको छैन ।

नेकपाले पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादको दर्शन भनेको छ । माओवादलाई भने परित्याग गरिएको छ जुन तत्कालिन नेकपा माओवादीले मार्ग दर्शक सिद्धान्तमा माक्र्सवाद लेनिनवादसहित माओवादलाई पनि समावेश गरेको थियो ।

मदन भण्डारीको योगदानलाई राजनीतिक प्रतिवेदनमा समावेश गरिएपनि उनले प्रतिपादन गरेको नीति तथा मार्ग्निर्देशलाई भने खासै प्राथमिकतामा राखिएको छैन । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जबजको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनुपर्दछ ।’ राजनीतिक प्रतिवेदनमा नेकपा संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीय रहेको भनिएको छ ।

राजनीतिक प्रतिवेदनलाई विश्लेषण गर्दा प्रचण्डको नीति र रणनीति दुवै हावी छ । विगत डेढ दशकयता देश प्रचण्डकै नीति तथा रणनीतिमा बढिरहेकाले नेकपाको नीतिमा पनि प्रचण्डकै नीति हावी हुनुलाई आश्चर्य मान्न नहुने विश्लेषण भइरहेको छ । गणतन्त्र देखि संघीय राज्य प्रणाली प्रचण्डकै नीति हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक ८ गते शुक्रबारको राशिफल यस्तो छ
श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा
श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा
कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
कतारले माग्यो नेपाल प्रहरीसँग सहयोग
कतारले माग्यो नेपाल प्रहरीसँग सहयोग
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

तपाईंले छुटाउनुभयो कि?