दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १६, २०७९
|
|
१७ पटक हेरिएको
Shares
दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल

सारांश

  • नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताएका छन् ।
  • ६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले बिहीबार नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै दलका नेताहरूलाई झ्वाँक चलेको आधारमा संसद विघटन हुने गरेको बताए ।
  • उनले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताए ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताएका छन् ।

६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले बिहीबार नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै दलका नेताहरूलाई झ्वाँक चलेको आधारमा संसद विघटन हुने गरेको बताए । उनले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताए । उनले संसदप्रति राजनीतिक दल तथा नेता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनले संसारका धेरै संसद भन्दा नेपालको संसद प्रगतिशील हुँदै गएको बताए । नेपालको संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेकोले अन्य देशको संसद भन्दा नेपालको संसद परिपक्व बन्दै गरेको बताए ।

नेता खनालले दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछो माछो भ्यागुतो भएको बताए ।

उनले सुखी नेपाली समृद्ध नेपाल भनेको के हो, वैज्ञानिक समाजवाद भनेको के हो ? त्यसबारेमा कुरा गर्नेहरूलाई बोलाएर बहस गराउन पुर्व सांसद मञ्चलाई बहस गराउन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?