साढे ६ हजार जनताको भागमा जम्मा एक डाक्टर

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
साढे ६ हजार जनताको भागमा जम्मा एक डाक्टर

सारांश

  • कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ ।
  • कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार सात सय १० जनाको स्वास्थ्यको जिम्मा छ ।
  • कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्रमा कुल २६४ चिकित्सक कार्यरत छन् ।

कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार सात सय १० जनाको स्वास्थ्यको जिम्मा छ । कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्रमा कुल २६४ चिकित्सक कार्यरत छन् । १० जिल्लाको जनसंख्या भने १७ लाख ७१ हजार ६ सय ४० छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा एकजना चिकित्सकले ६ हजार सात सय १० जनालाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेछ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० हजार जनसंख्यालाई कम्तीमा तीनजना चिकित्सक चाहिन्छ । यो मापदण्डअनुसार १७ लाख ७१ हजार ६४० जनसख्ंयाका लागि ५१८ जना चिकित्सक आवश्यक पर्छ । तर, अहिले मापदण्डभन्दा २५४ चिकित्सक कम छन् । हालै सामाजिक विकास मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार स्वास्थ्य चौकी ३३६, प्रसूति केन्द्र २७४ र एम्बुलेन्स ३२ वटा छन् ।

बिरामीलाई अस्पताल लैजानै समस्या
कर्णाली प्रदेशका बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउनै समस्या हुन्छ । अझ हुम्ला, मुगु, डोल्पाका बिरामीलाई सुुविधासम्पन्न अस्पताल पुर्‍याउन त जहाजको विकल्प छैन । तर, जहाजको उडान नियमित हुँदैन । सुर्खेत अञ्चल अस्पतालका डा. रवीन खड्काका अनुसार हुम्लाको बिरामीलाई सुर्खेत वा नेपालगन्ज उपचार गर्न ल्याउन मात्रै कम्तीमा एक लाख रुपैयाँ खर्चिनुपर्छ । ‘जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी हुँदा दुई/तीन हजारमा उपचार हुने बिरामीलाई नेपालगन्ज वा सुर्खेत ल्याएर उपचार गर्दा बिरामी र कुरुवासमेतको खर्च कम्तीमा एक लाख पर्न आउँछ,’ उनले भने।

५३ प्रतिशत बालविवाह
कर्णालीमा बालविवाह दर पनि बढी छ । प्रदेशका हिमाली जिल्लामा यो समस्या बढी छ । प्रदेश सरकारले हालै संकलन गरेको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ५३ प्रतिशत बालविवाह हुने गरेको छ ।

bellevuehealthcare.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?