मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०७४
|
|
४२२ पटक हेरिएको
Shares
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी

सारांश

  •  स्थानीय तहको चुनावमा जिल्लामा प्रतिनिधित्व गर्दैआएका दलित अगुवाले वडापालिका, गाउँपालिका र नगरपालिकाको मुख्य पदमा लड्न नपाउने भएका छन् ।
  • लामो समयदेखि दलितका हकअधिकार र दलितमाथि हुने अन्यायका विरुद्ध वकालत गर्दै आएका दलित अगुवाले नै मुख्य पद नपाउने भएपछि उनीहरु निराश बनेका छन् ।
  • जिल्लाका विभिन्न राजनीतिक दलले दलितका अगुवालाई उम्मेदवार नबनाउने भएपछि जातीय मुद्दा लिएर आन्दोलन गर्ने नेकपा एमाले जिल्ला कमिटी सदस्य किट्टो ल्वारले बाताए।
 स्थानीय तहको चुनावमा जिल्लामा प्रतिनिधित्व गर्दैआएका दलित अगुवाले वडापालिका, गाउँपालिका र नगरपालिकाको मुख्य पदमा लड्न नपाउने भएका छन् ।
लामो समयदेखि दलितका हकअधिकार र दलितमाथि हुने अन्यायका विरुद्ध वकालत गर्दै आएका दलित अगुवाले नै मुख्य पद नपाउने भएपछि उनीहरु निराश बनेका छन् । जिल्लाका विभिन्न राजनीतिक दलले दलितका अगुवालाई उम्मेदवार नबनाउने भएपछि जातीय मुद्दा लिएर आन्दोलन गर्ने नेकपा एमाले जिल्ला कमिटी सदस्य किट्टो ल्वारले बाताए।
दलित अधिकारका विषयमा बोल्ने नेताहरुले आफूले बोलेका कुरालाई कार्यान्वयनमा नल्याउनु आफूहरुमाथिको अन्याय भएको ती अगुवाले बताएका छन् । वैशाख ३१ को स्थानीय तहको चुनावमा दलितलाइ गाउँपालिका र नगरपालिकाको मुख्य पदमा ल्याउनुपर्ने उनीहरुको माग छ । दलित अगुवाले आफ्नो गाउँ आफँै बनाउने योजना र कानुनलाई व्यवहारमा उतार्ने क्षमता भएका दलित नेतालाई नै मुख्य पदको जिम्मेवारी नदिइए जातीय आन्दोलन गर्ने ल्वारले जिल्लाका पार्टीलाई चेतावनी दिएका छन्  ।
दलितको अधिकारका लागि २०४६ सालदेखि हालसम्म विभिन्न कालखण्डमा काम गर्दै आएका भए पनि आउँदो स्थानीय तहको चुनावमा भने प्रमुख, उपप्रमुख र वडाप्रमुखमा समेत उम्मेदवारी हुन नपाउने भएको गुनासो दलित अगुवा तथा नेपाल दलित सङ्घ केन्द्रीय सदस्य वीरबहादुर विकले पोखेका छन्  ।
नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल दलित सङ्घका केन्द्रीय सदस्य समेतले नगरपालिकाको प्रमुख तथा उपप्रमुख नपाउने भएका छन् । जिल्ला कमिटीका पदमा रहेका व्यक्तिले उम्मेदवारी दिने भएपछि उनीहरुले प्रमुख, उपप्रमुख र वडामा समेत उम्मेदवारी नपाउने भएका हुन् । दलितका अधिकार सुनिश्चित गर्न कटिबद्ध रहने भाषण गर्ने राजनीतिक दलका नेताले राणा शासन चलाउन खोजेको दलित अगुवाले आरोप लगाएका छन् । दलितको प्रतिनिधित्व नहुने हो भने आफूहरुको अवस्था २००७ सालको जस्तै हुने दुःखेसो उनीहरुले पोखेका छन् ।
जिल्लाका राजनीतिक दलले आउँदो स्थानीय तहको निर्वाचनमा दलितको प्रतिनिधित्व नगराइए त्यसको जिम्मेवारी स्वयम् पार्टीका शीर्ष व्यक्तिले लिनुपर्ने उनीहरुको चेतावनी छ । काँग्रेसमा भीम नेपाली, वीरबहादुर विक, साइमल विक, कात्तिके विक, मङ्गल सेराला, पदम उखेडा, पदम नेपालीलगायतले नगरपालिका र गाउँपालिकाका कुनै पदमा उम्मेदवारी नपाउने भएका हुन् ।
यसैगरी, नेकपा (एमाले)का जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कासी नेपालीले समेत प्रमुख पदमा लड्न नपाउने भएका छन् । एमालेमा कासी विक, विनोदकुमार विक, टीका विक, काल्चे दमाइँ, कल्लाने दमाइँ, भुवन सेराला, जङ्ग विक, टेक चदारा, किट्टो ल्वार, सूर्यकिरण विकले पनि उम्मेदवारी दिन नपाउने भएका हुन् ।
स्थानीय तहको निर्वाचनका लागि पार्टीलाई गाउँपालिका र नगरपालिकाका लागि उम्मेदवार छान्न सकस परिरहेको छ । उम्मेदवार बढी भएका कारण यस्तो समस्या भएको हो । तर दलित अगुवा भने उम्मेदवारी दिन नपाउने भएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलवार थपिए ८ हजार ६३६ कोरोना संक्रमित
मंगलवार थपिए ८ हजार ६३६ कोरोना संक्रमित
देउवालाई ‘काउन्टर’ दिन सुजाताको घरमा पौडेल समूहको लन्च बैठक
देउवालाई ‘काउन्टर’ दिन सुजाताको घरमा पौडेल समूहको लन्च बैठक
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी
खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्
हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए
हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए
आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द
आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द
संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !

तपाईंले छुटाउनुभयो कि?