देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
सारांश
- विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् ।
- आज संयुक्त प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले चेतावनी दिएका हुन् ।
- बिज्ञप्तिमा भनिएको छ ‘ संस्थाको जिम्मेवारीमा रहेका प्रमुखले कसैसंग सल्लाह नगरी एकलौटी रुपमा काम गरेको भनिएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । आज संयुक्त प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले चेतावनी दिएका हुन् ।
बिज्ञप्तिमा भनिएको छ ‘ संस्थाको जिम्मेवारीमा रहेका प्रमुखले कसैसंग सल्लाह नगरी एकलौटी रुपमा काम गरेको भनिएको छ ।’ प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनको संयुक्त बिज्ञप्तिमा सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्ष रामकुमार थेबेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ मिडियामा एकापक्षिय समाचार संप्रेशन गर्न लगाएको, संस्थाको वरपर विभिन्न व्यक्तिहरु जमघट गराई कार्यालय वातारवरण खलबल्याएको बताईएको छ ।
प्राधिकरणको विवाद समाधान गर्न आग्रह गर्दा समेत अटेर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रोत: उर्जान्युज डट कम
प्रतिक्रिया