मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा

सारांश

  • एजेन्सी ।
  • अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौन सम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन् ।
  • मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेका हुन् ।

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौन सम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन् । मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेका हुन् ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै बार्नबी जोइसको आचरणलाई “विवेकमा भएको भयङ्कर त्रुटि” भन्दै प्रधानमन्त्री टर्नबुलले उनको निन्दा गरेको बीबीसी नेपाली सेवाले जनाएको छ । मन्त्री पदको गरिमा तोडिएको छ कि छैन भनेर छानबिन हुँदै गर्दा जोइस सोमवारदेखि बिदामा बस्दै छन् ।

जोइस र टर्नबुल दुबैले कुनै पनि स्थापित नियम भने उल्लङ्घन नभएको दाबी गरेका छन् । तर प्रधानमन्त्रीले मन्त्रीहरूको आचारसंहितालाई “साँच्चै अपर्याप्त” भन्दै त्यसमा व्यापक सुधार गरिने बताएका छन् ।

“मन्त्रीहरूले पदअनुसारको आचरण गर्नुपर्छ । उनीहरूले आफ्ना कर्मचारीसँग यौन सम्बन्ध राख्नु हुँदैन”, उनले भने । यसअघि संसद्मा बोल्दै टर्नबुलले आफू संयुक्त राज्य अमेरिकाको भ्रमणमा अर्को हप्ता जाँदा जोइसलाई कार्यवाहक नदिने पनि बताएका थिए ।

जोइस र उनकी मिडिया सल्लाहकार भिकी क्याम्पिअनको यौन प्रकरण सावजनिक भएपछि गत बुधवारदेखि अस्ट्रेलियाको राजनीति तरङ्गित भएको छ । टर्नबुलका अनुसार जोइस एक हप्ता बिदामा बस्नेछन् तर विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?