सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

सारांश

  • सिन्धुली।
  • सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ।
  • बुधबार ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए।

सिन्धुली। सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ। बुधबार ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए।

यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ। अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ।

यसैबीच सिन्धुली अस्पतालमा आउने सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने भएको छ। विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सावधानीस्वरुप अनिवार्य हात धुनुपर्ने भएको हो। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए।

यस्तै इमरजेन्सी कक्षमा जाने बिरामीका लागि स्यानीटाइजर लगाउनुपर्नेछ। आपत्कालीन सेवा भएकाले त्यहाँ साबुन पानीले हातधुन असम्भव रहेकाले स्यानिटाइजरको व्यवस्था गरिएको हो। सचेत र सावधानी अपनाएमा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने भएकाले अस्पताले यस्तो नियम बनाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ
बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने

तपाईंले छुटाउनुभयो कि?